लक्ष्मी बैंकले ६ महिनामा ४० करोड रुपैया नाफा कमायो

शुक्रबार, माघ २१, २०७३ साल,
काठमाडौं । चालु आवको दोस्रो त्रैमाशमा लक्ष्मी बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढेको छ । गत त्रैमाशमा ३० करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ४० करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३५ प्रतिशतले बढेर ७७ करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि २३ प्रतिशतले बढेर ३० करोड पुगेको छ । बैंकले यस अघि प्रावधानमा राखेका १९ करोड १५ लाख रुपैयाँ मात्र फिर्ता ल्याएको छ । बैंकले १ करोड रुपैयाँसम्मको आवासीय कर्जा र अन्य रियल इस्टेटमा कुल कर्जाको ८.५३ प्रतिशत लगानी गरेको छ । यता, रियल इस्टेट कर्जा, होम लोन, मार्जिन कर्जा र ओभरड्राफ्ट लोनमा कुल कर्जाको करिब ५१ प्रतिशत लगानी गरेको छ ।

बैंकले निक्षेप संकलन ३६ प्रतिशत र कर्जा लगानी ४० प्रतिशतले वृद्धि गरेको छ । बैंकसँग कर्जा लगानी योग्य रकम अझै २.३१ प्रतिशत बराबर छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १०.८९ प्रतिशत छ । खराब कर्जा अनुपात १.३१ प्रतिशत, पुँजी कोष लागत ५.२५ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी २६.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.५३, प्रतिसेयर नटवर्थ २ सय १९ रुपैयाँ, सेयरमा प्रतिफल १२.४५ रुपैयाँ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411