सुन्तला बिक्रीबाट ११ करोड ९७ लाख आम्दानी

बिहीवार, माघ २०, २०७३ साल,
ईलाम, । किसानले यस वर्ष एक हजार ९ सय ९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रू ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् ।  यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रू ६० का दरले बिक्री भएको किसानले बताएका छन् ।

तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरीद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताए । सुन्तला बिक्रीबाट जिल्लामा वर्षेनि करोडौँ रूपैयाँ भित्रिने गरेको छ । ‘नामसालिङ गाविसबाट मात्र यस वर्ष रू तीन करोडको सुन्तला बिक्री भएको छ,’ अधिकारीले भने ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताए । जिल्लामा यस वर्ष तीन सय ५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार छ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत आवमा तीन सय ४० हेक्टरमा तीन हजार पाँच सय २३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले बताएको छ ।

सुम्बेक, नामसालिङ, जिर्मले, बरबोटे, सोयाक, गोदक, सोयाङ, पशुपतिनगर, कन्याम, लक्ष्मीपुर गाविस तथा ईलाम नगरपालिका सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको बताइएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411