सेवा विकास बैंकले ६ महिनामा ७ करोड ६२ लाख रुपैयाँ नाफा कमायो

बिहीवार, माघ २०, २०७३ साल,
काठमाडौं । चालु आर्थिक वर्षमा सेवा विकास बैंकको नाफा १९१ प्रतिशत बढेको छ । गत पुससम्म बैंकले ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।  गत आवको सोही अवधिमा बैंकले ४ करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।

बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ बढी छ । यस्तै बैंकको निष्क्रिय कर्जा अनुपात १ प्रतिशतभन्दा तल छ  । कर्जा निक्षेप अनुपात  ७७ प्रतिशत छ ।

गत आवको तुलनमा बैंकको निक्षेप परिचालन बढेको छ । पुसम्म बैंकको निक्षेप परिचालन बढेर ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ४ अर्ब ३६ करोड रुपैयाँ थियो ।

यस्तै बैंकको कर्जा लगानीमा पनि विस्तार भएको छ । पुससम्म बैंकको कर्जा लगानी ४ अर्ब ६५ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ३ अर्ब ६२ करोड रुपैयाँ थियो ।

सेवाले कामना विकास बैंकसँग एकआपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । हाल सेवाको चुक्तापुँजी ५० करोड ६४ लाख रुपैयाँ छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411