​आईएलएफसीओ माईक्रोफाईनान्सको चार लाख कित्ता निश्काशन

मंगलवार, चैत्र १०, २०७१ साल,
काठमाडौं । लघुवित्त बिकास बैंकहरुको साधारण शेयर निश्काशन हुने क्रम बढिरहेको बेला मिर्मिरे लघुवित्त लगत्तै आईएलएफसिओ माईक्रोफाइनान्सको शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरिएको छ ।

मिर्मिरे लघुवित्तको ६० हजार कित्ताका लागि आबेदन बन्द भएको भोलिपल्टै आईएलएफसिओ माईक्रो फाईनान्सको चार लाख कित्ताको लागि आब्हान पत्र जारी भएको छ ।

आईएलएफसिओले चैत्र १७ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो । आईएलएफसिओले निश्काशन गर्ने चार लाख कित्ता मध्ये सामुहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि आठ हजार कित्ता छाडी बांकी शेयरमा सर्वसाधारणले २० कित्ता देखि एक हजार कित्तासम्मको दरले आबेदन गर्न पाउने छन् ।

सिभिल क्यापिटल निश्काशन तथा बिक्री प्रबन्धक रहेको सो कम्पनीको शेयरमा आबेदन गर्न सिभिल क्यापिटल, आईएलएफसी फाईनान्सका शाखा कार्यालयहरु, बागमति डेभ्लपमेन्ट बैंक सर्लाही र जनता बैंकको धनगढी शाखामा चैत्र २० गतेसम्म आबेदन बुझाउन सकिने जनाईएको छ ।

यस माइृक्रोफाईनान्सलाई ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स कम्पनीले प्रबद्र्दन गरेको होे । यसको चुक्ता पूँजी छ करोड रहेकोमा सर्वसाधारणको हिस्साको शेयर निश्काशन हुन लागेको हो । कम्पनी गत असार मसान्तसम्म ३७ लाख रुपैयाँले नाफामा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411