​महानगरपालिकाले थाल्यो अनुगमन, मापदण्डअनुरूप भवन निर्माण नभए कारबाही

बिहीवार, माघ २०, २०७३ साल,
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रमा मापदण्डअनुरूप भवन निर्माण भए÷नभएको अनुगमन तथा अनियमिततालाई नियन्त्रण गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।

भवन निर्माण इजाजत महाशाखा प्रमुख राम कार्कीको संयोजकत्वमा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यदलका सदस्यमा हिम्मत सिंह, केदार कार्की, कुन्दन अर्याल, विकल्प आचार्य र जीवन रेग्मी तथा सदस्यसचिवमा वीरबहादुर कार्की रहेका छन् ।

यसैबीच महानगरपालिकाले सार्वजनिक जग्गामा व्यावसाय सञ्चालन गर्नेलाई कानूनी आधारको प्रमाणपत्र पेश गर्न पत्राचार गरेको छ । महानगर–३० महाबौद्ध क्षेत्रमा राखिएका कपडा पसल हटाउन नपर्ने भए कारण, आधार र प्रमाणसहित महानगरमा लिखित जवाफ पठाउन यही माघ १० गते बसेको सम्झौता अध्ययन समितिको बैठकको निर्णयानुसार सात दिनको म्याद दिइ माघ १३ गते पत्राचार गरिएको हो । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411