मेलम्ची आयोजनाको ६ सय ७० मध्ये ५ सय ३० किलोमिटर पाइप बिच्छ्याइयो

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ ।

मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पुर्याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ ।

निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौँ उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए । उनले भने, “दैनिक एकहजार २०० देखि एकहजार ३०० कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन् ।

निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै सुरु भएको छैन ।

मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पुर्याउने काम गरिन्छ । मुख्य ११ स्थानमा पुर्याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किमी मात्र सकिएको खनालले बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411