तोकियो स्वाप रेसियो कुमारीले एक्वायर गर्ने ४ वित्तीय संस्थाको

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं । कुमारी बैंकले एक्वायर गर्न लागेको चार वित्तीय संस्थाको स्वाप रेसियो तोकेको छ ।

बैंकहरुको डिडिए मूल्याङ्कनबाट आएको शेयर स्वाप अनुपात संयुक्त प्राप्ति समितिको बैठकमा छलफल गरी चार वटै सस्थालाई प्रति शेयर रु ८५ को दरले एक्वायर गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, महाकाली विकास बैंक लिमिटेड र काँक्रेबिहार विकास बैंक लिमिटेडलाई एक्वायर गर्न लागेको हो । उक्त एमओयुलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमती प्रदान गरेको छ ।

यी चारवटै संस्थाको प्राप्ति पश्चात् बैंकको चुक्ता पुँजी रु १ अर्ब ६४ करोड थपिने छ । त्यस्तै बैंकले तत्काल जारी गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर वापत रु १ अर्व ३५ करोड र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको २१ प्रतिशत बोनस शेयर वापत रु ५७ करोड गरी करिव रु ६ अर्ब २७ करोड चुक्ता पुँजी हुने बैंकले जनाएको छ ।

यसरी रु ८ अर्ब चुृक्ता पुँजी पु¥याउन चालु आ।व।को मुनाफा समेत समावेश गर्दा हुने अपुग पुँजी करिव रु ९० करोडको हकमा समेत यथाशिघ्र ठोस निर्णय गर्ने बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411