नेप्से परिसुचक २.७५ अंकले घटेर ९५३.८४ विन्दुमा, कारोबार रकम २१ करोड ३१ लाख

मंगलवार, चैत्र १०, २०७१ साल,
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार भएको शेयर कारोबार पनि घट्दो क्रममा नै रह्यो । अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा नेप्से परिसुचक २.७५ अंकले घटी ९५३.८४ विन्दुमा झर्यो । 

कारोबार रकममा भने ग्लोबल आईएमई र प्रभु बैंकको सर्वाधिक रकमको शेयर किनबेच भयो । ग्लोबल आईएमईको प्रोमोटर शेयर ठूलो संख्यामा किनबेच भएकाले समग्र कारोबार रकम २१ करोड ३१ लाखमा त्यसको असर देखिएको छ । 

त्यस्तै प्रभु बैंकको साधारण शेयर पनि धेरै ठूला कित्ताहरु किनबेच भए । घट्दो बजारमा पनि सहारा बिकास बैंक र नेपाल लाईफको प्रोमोटर शेयर मूल्य १० प्रतिशतले बढे । सहारा बिकास बैंकले आगामी चैत्र ३० गते साधारणसभा गरी १८ प्रतिशत बोनस शेयर दिने र दुईसय ५० प्रतिशत हकप्रद शेयर जारी गर्न प्रस्ताव पारित गर्न लागेकाले त्यस कम्पनीको शेयर मूल्य लगातार बढिरहेको छ ।

अन्य र फाइनान्स बाहेकका छ वटा समूहको सूचक घट्यो । इन्स्योरेन्सको सबैभन्दा धेरै २७.३१ अंकले, जलविद्यूत समूहको २६.६८ अंकले र होटल समूहको १७.३६ अंकले बजार घट्यो ।

कारोबार रकममा भने मंगलबार सामान्य सुधार देखियो । यो दिन २१ करोड ३१ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भयो । एक सय २९ वटा कम्पनीको छ लाख २० हजार ५५ कित्ता सेयरको कारोबार भएको थियो ।

कारोबार रकम बढाउन ग्लोबल आईएमई बैंकको सस्थापक सेयरले सहयोग गर्यो । यो बैंकको पाँच करोड ५६ लाख रुपैयाँको सस्थापक सेयर प्रतिकित्ता दुई सय ५० रुपैयाँमा किनबेच भयो । त्यस्तै प्रभु बैंको पनि दुई करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो । ब्रोकर नम्बर ४२ बाट बेचिएका ग्लोबल आईएमईका प्रोमोटर शेयरहरु ब्रोत्रर नं ४०, ४५ र ५० बाट किनिएको छ । पहिलेको कमर्श एण्ड ट्रष्टका केही ब्यक्तिहरुले ग्लोबल आईएमई बैंकमा रुपान्तरण भएको प्रोमोटर शेयर बेचेको शेयर दलाल सनि सेक्युरिटिजले जनाएको छ ।

चिलिमे हाइड्रो पावरको एक करोड २२ लाख रुपैयाँको सेयर प्रतिकित्ता १५ सय ९० रुपैयाँको दरले किनबेच भयो । यी सबै सस्थाको कारोबार घटेको मुल्यमा भएको कारण सेयर बजार ओरालो लागेको हो ।

केही लघुवित्त र विकास बैंकको सेयर मुल्य भने बढेको छ । कालिका माइक्रोफाइनान्स, नागबेली लघुवित्त, समिट माइक्रो फाइनान्स, स्वरोजगार लघुवित्त, मुक्तिनाथ विकास बैंक र साहारा विकास बैंकका लागानीकर्ताले नाफा कमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411