विद्यालयलाई एक दम्पतीद्धारा रु ३० लाखको जग्गादान

मंगलवार, माघ १८, २०७३ साल,
म्याग्दी । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।

विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो ।

तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उनकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गादान गरेका मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

स्थानीय मूल्याङ््कन अनुसार सो जग्गाको मूल्य ३० लाख कायम गरिएको छ । जग्गादाता अधिकारी दम्पतीलाई विद्यालय तथा महायज्ञ आयोजकको तर्फबाट सम्मान गरिएको थियो । विद्यालय परिसरमा अधिकारीको अर्धकदको सालिक र परिवारका सदस्यको नामावली विवरण रहेको ताम्रपत्र राख्ने निर्णय भएको छ ।

यसैगरी, सिङ्गा तातोपानी शैक्षिक एवम् धार्मिक महोत्सव तथा महायज्ञको पाँचौँ दिन सोमबारसम्म जिन्सीबाहेक रु ३८ लाख ८५ हजार सहयोग सङ्कलन भएको प्रचारप्रसार उपसमितिका संयोजक विक्रम बुढाथोकीले जानकारी दिए । सोमबार रु १७ लाख १७ हजार १३ नगद सहयोग प्राप्त भएको हो ।

माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित नारायण न्यौपानेले कथावाचन गरेका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411