तरलता समस्या समाधान गर्न राष्ट्र बैंकले आज २० अर्बको ऋणपत्र ल्याउँदै

मंगलवार, माघ १८, २०७३ साल,
 काठमाडौं । मुद्रा बजारमा देखिएको लगानीयोग्य पुँजीको समस्या समधान गर्न नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँको ऋणपत्र ल्याउँदैछ ।

गत बिहीबार रिपोमार्फत बैंकहरुले १७ अर्ब ८१ करोड रुपैयाँ लगेपछि तरलता समस्या समाधान गर्न बैंकले आज ऋणपत्रमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । बिहीबार रिपो निष्कासनपछि  बैंकिङ प्रणालीमा १९ अर्ब २० करोडको तरलता अभाव देखिएको पछि यसलाई व्यवस्थापन गर्न आज थप उपकरणमार्फत पैसा बजारमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ ।  

मुद्रा बजारमा देखिएको लगानीको  समस्या समधान गर्न राष्ट्र बैंकले आज ७ दिनका लागि २० अर्ब रुपैयाँको रिपो निष्कासन गरेको थियो । यसमध्ये १९ अर्ब ६५ करोड रुपैयाँको माग भएकोमा १७ अर्ब ८१ करोड रुपैयाँमात्र बैंकले पाए । अन्तर बैंक कारोबार बढाउन केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गरेको हो ।

रिपोको उच्च दर साढे ७ प्रतिशत र न्युन ४ प्रतिशत थियो । रिपोको भारित दर ५.६  प्रतिशत थियो । यसअघि ल्याइएका रिपो र ऋणपत्रले काम नगरेपछि केन्द्रीय बैंकले  पुनः ल्याएर समधानको प्रयास थालेको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको अर्धवार्षिक वित्तीय विवरणमा कर्जा र निक्षेप अनुपात ७८ भन्दा बढी भएपछि थप लगानी गर्न नसक्ने अवस्था देखिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411