​मोबाइल एक्पोमा फोरजी स्मार्टफोनमा ग्राहकको भीड बढ्दो

सोमबार, माघ १७, २०७३ साल,
ललितपुर । माघ १४ गतेदेखि ललितपुर मलमा शुरू भएको मोबाइल एक्पो २०१७ मा फोरजी स्मार्टफोनहरु विशेष मूल्यमा बिक्री भइरहेका छन् । पोष्टपेड र प्रिपेड दुवै मोबाइलमा सञ्चालन हुन लागेको फोरजी प्रविधिका विभिन्न फोन एक्स्पोमा राखिएका छन् ।

फोरजी चल्ने विभिन्न मोबाइल ब्राण्डहरु ह्वावे जीआर ५, सामसुङको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु राखिएका छन् । 

अन्य ब्राण्डका स्मार्टफोनहरुमा एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका विभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ । 

कम्पनीले सोमवारदेखि थप छूट दिने पनि बताएको छ  । नियमितरूपमा कम्प्लेक्समा मोबाइल तथा एसेसरिज खरीद गर्ने ग्राहकहरुलाई मोबाइल खरीदमा थप छूट दिने पनि बताइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411