एनसेलको नयाँ एसएमएस प्याकबाट अब ३ पैसामा एसएमएस

शुक्रबार, माघ १४, २०७३ साल,
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ। यस अन्तर्गत सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्नेछन्।
 
‘नयाँ एसएमएस प्याक’ आज शुक्रबारबाट सुरु भई १५ दिन सम्म संचालनमा रहने छ।

यो एसएमएस प्याकअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार करसहित ५ रुपैयाँमा १५० एसएमएस वा २५ रुपैयाँमा १ हजार एसएमएस गर्न सक्ने एनसेलले जनाएको छ।

करसहित २५ रुपैयाँमा १ हजार एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसामै कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन्।
 
यसका लागि एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिने बताइएको छ। एसएमएस मार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।

एस्ट्रिक्स ९०१ ह्यास डायल गरी ग्राहकले आफ्नो बाँकी रहेको एसएमएसको बारेमा पनि जनकारी लिन सक्नेछन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411