भक्तपुरका भुकम्प पीडितलाई पहिलो किस्ता कुन कुन बैङ्कबाट वितरण हुँदै

आईतवार, माघ ९, २०७३ साल,
भक्तपुर । भक्तपुरका ६ ओटा नगरपालिकाका भूकम्पपीडित ९लाभग्राही०लाई माघ १० गते सोमवारदेखि पहिलो किस्ताको अनुदान रकम रू। ५० हजार वितरण गरिने भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रू। ९० करोड तोकिएको बैङ्कमार्फत सोमवारदेखि वितरण कार्य शुरू हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुवप्रसाद कोइरालाले जानकारी दिए ।

सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित बैङ्कहरुमा पठाइसकेको जानकारी दिँदै उनी भन्छन् ‘कोष तथा लेखा नियन्त्रण कार्यालयले बैङ्कहरुमा पठाएको रकमको आइतवार चेक क्लिरियन्स गरेपछि अधिकांश बैङ्कले सोमवारदेखि लाभग्राहीलाई पहिलो किस्ताबापतको रू। ५० हजार रकम वितरण गर्न थाल्ने छन् ।’

चेक क्लिरियन्स गर्न केही समय लाग्ने बैङ्कमा भने थप एक दुई दिनपछि वितरण हुने उनको भनाइ छ । अन्य जिल्लाका भूकम्पपीडितलाई सरकारले दोस्रो किस्ताको अनुदान रकम वितरण शुरू गरेपनि भक्तपुरका लाभग्राहीले भने निजी आवास पुनर्निर्माणका लागि भूकम्प गएको २० महीनापछि अनुदान रकम पाउन लागेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १ सय ५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेका छन् ।

कोइरालाकाअनुसार नगरपालिकाले सम्झौता गरी पठाएकामध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखा नियन्त्रण कार्यालय पठाएको थियो ।

कोइरालाले भने  ‘कोलेनिकाले १८ हजार लाभग्राहीलाई अनुदान रकम वितरण गर्न पुग्ने गरी बैङ्कमा रकम पठाएको छ । थप लाभग्राहीका लागि अपुग रकम छिटो पठाउन जिविसले माग गरेको छ । थप रकम आएपछि लाभग्राहीको सूचीमा रहेका सबैले पहिलो किस्ताको अनुदान रकम पाउँछन् ।’

सम्झौता भएका लाभग्राहीलाई रकम वितरण गर्न अझै रू। १० करोड ७५ लाख रकम अपुग छ । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै रू। ४० करोड ८ लाख अपुग रहेको छ ।

भक्तपुर नगरपालिकाका चार हजार ३ सय ४९ जना, मध्यपुरथिमीका नौ सय ३८ जना, नगरकोटका तीन हजार ४ सय १२ जना, चाँगुनारायण नगरपालिकाका तीन हजार ३ सय २९ जना, अनन्तलिङ्गेश्वरका दुई हजार ६ सय १२ र सूर्यविनायकका तीन हजार ३ सय ६० जना लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् ।

अनुदान सम्झौता भएका लाभग्राहीले खाता खोलेका तोकिएको बैङ्कबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।

भक्तपुर नगरपालिकाका लाभाग्राहीले
यसमा भक्तपुर नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ६ र ९ का लाभग्राहीले नेपाल बैङ्क लिमिटेड कमलविनायकबाट, ७, ८, ११, १२ र १४ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैङ्क सूर्यविनायकबाट र १०, १३, १५, १६ र १७ वडाका लाभग्राहीले कृषि विकास बैङ्क दूधपाटीबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।

मध्यपुर ठिमी नगरपालिकाका लाभाग्राहीले
मध्यपुर ठिमी नगरपालिका वडा नं १, २ र ३ का लाभग्राहीले मेगा बैङ्क लिमिटेड बाहाखा बजारबाट, ४, ५ र ६ का लाभग्राहीले कृषि विकास बैङ्क, ७, ८, ९, १० र १७ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैङ्कबाट, ११ र १२ वडाका लाभग्राहीले नेपाल बैङ्क लिमिटेड ठिमी शाखाबाट, १३ र १४ वडाका लाभग्राहीले माछापुच्छ्रे बैङ्क ठिमीबाट, १५ वडाका लाभग्राहीले सिद्धार्थ बैङ्क गठ्ठाघरबाट र १६ वडाका लाभग्राहीले एनआइसी एशिया कौशलटार शाखाबाट अनुदान रकम लिन पाउने व्यवस्था गरिएको छ ।
 
नगरकोट नगरपालीकाका लाभाग्राहीले
नगरकोट नगरपालिका–१ देखि १० वडाका लाभग्राहीलाई यति डेभलपमेण्ट बैङ्क कमलविनायकबाट र ११ देखि १३ वडाका लाभग्राहीलाई माछापुच्छ्रे बैङ्क कमलविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।
 

चाँगुनारायण नगरपालीकाका लाभाग्राहीले
चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११ वडाका लाभग्राहीले माछापुच्छ्रे बैङ्क कमलविनायकबाट, ५, ६ र ७ तथा १७ वडाका लाभग्राहीले यति डेभलपमेण्ट बैङ्क कमलविनायकबाट र १२ देखि १६ वडाका लाभग्राहीले कृषि विकास बैङ्क सल्लाघारीबाट अनुदान रकम पाउने व्यस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिकाका लाभाग्राहीले
सूर्यविनायक नगरपालिकाको वडा नं १ देखि ५ सम्मका लाभग्राहीले एनएमबी बैङ्क सूर्यविनायकबाट, वडा नं ६ देखि ८ सम्मकाले सानिमा बैङ्क सूर्यविनायकबाट, ९ देखि ११ वडाका लाभग्राहीले ग्लोबल आइएमई बैङ्क सूर्यविनायकबाट र १३ देखि १५ वडाका लाभग्राहीले बैङ्क अफ काठमाडौं लुम्बिनी सूर्यविनायक शाखाबाट अनुदान रकम पाउनेछन् ।

अनन्तलिङ्गेश्वर नगरपालिकाका लाभाग्राहीले
अनन्तलिङ्गेश्वर नगरपालिकाका लाभग्राहीमध्ये भने वडा न १ देखि ५ सम्मकाले हिमालयन बैङ्क कौशलटारबाट, ६ देखि ८ वडासम्मकाले लक्ष्मी बैङ्क कौशलटारबाट, ९ देखि १२ वडाका लाभग्राहीले माछापुच्छ्रे बैङ्क नयाँ ठिमीबाट र १३ देखि १५ वडाका लाभग्राहीलाई एभरेस्ट बैङ्क सूर्यविनायकबट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411