सिद्धार्थ बैंकको दोश्रो त्रैमासिक नाफा ७२ करोड ६० लाख रुपैया

आईतवार, माघ ९, २०७३ साल,
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा दोब्बर बढाएको छ । चालु आवको कात्तिकदेखि पुससम्म ३ महिनामा नाफा ३६ करोड बढाएर ७२ करोड ६० लाख ३७ हजार रुपैयाँ पुयाएको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकको नाफा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ थियो ।

बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक प्रतिवेदनमा नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा वृद्धि भएको देखाएको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय सम्पत्ति अनुपात साढे १ प्रतिशत मात्र छ ।

कर्जा निक्षेप अनुपात ७७.९२ प्रतिशत छ । वित्तीय विवरण अनुसार बैंकलाई थप लगानी गर्नका लागि तरलताको समस्या देखिएको छ । निक्षेप र कर्जाबीचको व्याजदर अन्तर ९स्पे्रड० दर ४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा छ ।

समीक्षा अवधिमा बैंकले ७४अर्ब ९३ करोड ५७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असोजसम्म बैंकको निक्षेप परिचालन ७० अर्ब ५ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकको निक्षेप परिचालन झण्डै ५ अर्ब रुपैयाँ बढेको वित्तीय विवरणले देखाएको छ ।

यस्तै बैंकले ६२ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असोजसम्म बैंकले ५८ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । ३ महिनामा कर्जा लगानी पनि झण्डै ४ अर्ब रुपैयाँ बढेको छ ।

बैंकले रियलस्टेट क्षेत्रमा ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले सबैभन्दा बढी टर्म लोन र ओभर ड्राफ्टमा लगानी गरेको छ । जसअनुसार टर्म लोन १२ अर्ब ८१ करोड र ओभर डाफट २७ अर्ब रुपैयाँ बढी छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411