प्राइम कमर्सियल बैंकले ६ महिनामा मुनाफा १९ प्रतिशतले बृद्धि गरी ५६ करोड रुपैया कमायो

आईतवार, माघ ९, २०७३ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो खुद मुनाफालाई १९ .२८ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा ५५ करोड ९७ लाख रुपैयाँ कमाएको छ । बैंकले गत वर्षको सोही अवधिमा ४६ करोड ९२ रुपैयाँ खुद मुनाफा गर्न सफल भएको थियो ।

बैंकले खुद ब्याज आम्दानीमा १६.४६ प्रतिशतले वृद्धि गरेको छ । यस अवधिमा बैंकले ८० करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले संचालन मुनाफा २५.२९ प्रतिशत वृद्धि गरि ७३ करोड ४१ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

बैंकले जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ राखेको छ भने कर्जा तर्फ ३४.९७ प्रतिशतले बढेर ४६ अर्ब ५ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले खराबकर्जा १४ करोड ५३ लाख रुपैयाँ उठाउन सफल भएको छ ।

बैंकको जोखिम युक्त सम्पति १३.५७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा १.३६ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २२.६६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २२.५१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४९.३४ रुपैयाँ र तरलता अनुपात २२.६० प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411