नेप्से साढे सात अंकले घट्यो, २० करोड रुपैयाको कारोबार, जलविद्युत् वाहेक सबै सुचकहरु घटे

सोमबार, चैत्र ९, २०७१ साल,
काठमाडौं । सेयर बजार साताको दोश्रो दिन घनि लगातार घटेको छ । सोमबार मात्रै बजार परिसुचक ७.५३ अंकले घटेको छ ।

नेप्से परिसुचक ९५६.५९ अंकमा झरेको छ । कारोबार रकम पनि २० करोड नाघेन । सोमबार कुल १३३ कम्पनीका १९ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जलविद्युत् वाहेक सबै सुचकहरु घटेका छन् । बिमा ५७.६१ अंकले घटेको छ भने बैंकिङ ८.३६ अंकले ओरालो लागेको छ ।

विकास बैंक, फाइनान्स, अन्य, उत्पादनमूलक र होटल समूहमा पनि गिरावट आएको छ । दुई कम्पनीको सेयर मात्र करोडमाथि कारोबार भएको छ । ग्लोबल आइएमइको एक करोड १९ लाख र चिलिमेको एक करोड नौं लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको ९५ लाख ७९ हजार रुपैयाँको संस्थापक सेयर खरीद बिक्री भएको छ ।

बजार घट्दा पनि नेपाल लाइफको संस्थापक सेयर मूल्य १० प्रतिशतले बढेको छ । साहारा विकास बैंकको पनि करिव १० प्रतिशतले सेयर मूल्य बढेको छ ।

मनास्लु विकास, माउन्ट मकालु, काठमाण्डू फाइनान्सलगायतका लगानीकर्ताले कमाएका छन् । गुमउनेमा कसमस डेभलपमेन्ट, विजिनेस युनिभर्सल, महाकाली विकास, प्रिमियर इन्स्योरेन्स, एलायन्स इन्स्योरेन्सलगायतका सेयरधनी छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411