सात करोड ७५ लाखको तेजपात भारततर्फ निर्यात

बुद्धबार, पौष २७, २०७३ साल,
पाल्पा । जिल्लाबाट करिब ७ करोड ७५ लाख रुपैयाँको ११ लाख ८१ हजार ८३५ किलो तेजपातको पात र बोक्रा भारत निर्यात भएको छ ।

आव २०७२र७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिए ।

यहाँका सामुदायिक वन र निजी वनमा व्यावसायिक रुपमा तेजापात लगाउन थालेपछि उत्पादन बढ्दै गएको छ ।

गत आवमा जिल्लाबाट पाँच करोड ४६ लाख ५४ हजार बराबरको तेजपातको पात र एक करोड ८८ लाख १२ हजार बराबरको बोक्रा भारत निर्यात भएको थियो ।

कोलडाँडा, दोभान, झडेवा, गोठादी, सत्यवती, बल्ढेगढी, भुवनपोखरीलगायत गाविसका सामुदायिक र निजी वनमा व्यावसायिक रुपमा तेजपातको खेती गरिँदै आएको छ ।

तेजपातको पात प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्म तथा बोक्रा प्रतिकिलो ८० देखि १०० सम्ममा स्थानीय बजारमा खरिद बिक्री हुँदै आएको छ । बारीका कान्ला र बाँझो खेतबारी तथा खरायनमा तेजपातको खेती गरिँदै आएको छ ।

एक पटक रोपेपछि पटक-पटक पात र बोक्राबाट आम्दानी गर्न सकिने भएपछि अधिकांश गाविसमा किसान तेजपातखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411