पेट्रोल डिजेल र मट्टितेलको भाउ घट्यो

बुद्धबार, मंसिर १७, २०७१ साल,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य घटाएको छ।

निगमले मगलबार रातिदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको । भारतीय आयल निगम ९आईओसी०ले मंगलबार नै नयाँ मूल्यसूची निगमलाई पठाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय २३ रुपैयाँ, डिजेल तथा  मट्टितेलको ९७ रुपैयाँ ५० पैसा तिर्नुपर्छ ।

यस अघि पेट्रोलको भाउ एक सय २५ रुपैँया ५० पैसा र डिजेल तथा  मट्टितेलको ९९ रुपैयाँ थियो।

नयाँ मूल्य कायम भएपछि निगमको मासिक नाफा ५१ करोड २३ लाख रुपैँया हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।  

यसअघि निगमलाई खाना पकाउने ग्यासलाई प्रति सिलिलण्डर ५ सय ११ रुपैयाँ नोक्सान रहेकोमा अब दुईसय ९० रुपैयाँ ७६ पैसा मात्र नोक्सान हुनेछ। ग्यासमा नोक्सान घटेपछि निगमको नाफा बढेको हो।

अन्तर्राष्ट्रिय बजार र भारतमै ग्यासको भाउ घटेको छ। यसअघि निगमको नाफा मासिक १८ करोड ३७ लाख रुपैयाँ थियो। सरकारले असोज १३ गतेबाट अटोमेशन प्रणालीमा जाने निर्णय गरेपछि पाचौँ पटक मूल्य घटेको हो।

यसअघि संचालक समितिको बैठक समयमा हुन नसकेको भन्दै निगमले पटक पटक भाउ घटाउन ढिलाई गरेको थियो। तर अघिल्लो पटक भाउ घटाउने बेलामै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले भारतबाट नयाँ मूल्यसूची आउने बित्तिकै भाउ घटाउन निर्देशन दिएपछि निगमले यसपटक भने समयमै मूल्य समायोजन गरेको हो। यसपटक निगमले संचालक समिति बैठक नबसाइ आफैंले मूल्य समायोजनको निर्णय गरेको हो। अबदेखि हामी आफैंले भाउ घटाउने निर्णय गरेर भाउ घटबढको निर्णय गर्छौं।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411