पाँच बैंक गाभिए एनसीसी बैंकमा, ९६ शाखा, १ हजार कर्मचारी

आईतवार, पौष १७, २०७३ साल,
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच आइतबार एकीकरण भएको छ।

बैंकको बागबजार स्थित कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवि नेपालले पाँचवटा बैंकको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। मर्जरपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९८ लाख पुग्नेछ भने बैंकको निक्षेप करिब ५५ अर्ब र कर्जा रकम ४८ अर्ब पुग्नेछ। शाखा सञ्जाल ९६ पुग्नेछ भने १०२६ जना कर्मचारी रहनेछन्। शेयर अनुपात मिलान पश्चात बैंकको पुँजीगत जगेडा कोषमा ९८ करोड रुपैयाँ जम्मा हुनेछ।

पाँच वटै बैंकहरुले मर्जरका लागि सहमतिपत्रमा २०७२ मंसिर ११ गते हस्ताक्षर गरी नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन दिएका थिए। राष्ट्र बैंकबाट २०७२ चैत्र ३ गते मर्जरका निमित्त सैद्धान्तिक सहमति प्राप्त भएपछि सबै संस्थाले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर सम्बन्धी प्रस्तावहरु आ–आपफ्ना वार्षिक साधारण सभाबाट पारित गराएका थिए। त्यसपछि मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन पेश गरी २०७३ मंसिर २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७३ पुस १४ गते मर्जरको स्वीकृति पाएका थिए।

बैंकको एकीकृत कारोबारको शुभारम्भमा गभर्नर डा चिरञ्जीवि नेपालले बैंकका कर्मचारी तथा व्यवस्थापनलाई वित्तीय अनुशासन कायम गर्न र जनताको निक्षेपलाई सुरक्षित तरिकाले लगानी गर्न निर्देशन दिए। उनले देशका सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्था धेरै खुले पनि पुँजीको वृद्धि हुन नसकेको र सुपरीवेक्षण गर्न पनि कठिनाइ भएको बताए।

गभर्नर नेपालले विभिन्न बैंक तथा वित्तीय क्षेत्रले धितोको अधिक मूल्याङ्कन गरी खराव कर्जा प्रवाह गरेका कारण विगतमा १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अहिले राष्ट्र बैंकले सबै बैङ्क तथा वित्तीय संस्थाको शूक्ष्म निगरानी गरिरहेको बताए।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकलाई आउँदो वर्ष नेपालको प्रमुख पाँच कमर्सियल बैंकभित्र पार्ने लक्ष्यका साथ अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे।

उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा बन्ने बैंकको तदर्थ सञ्चालक समितिमा संस्थापक शेयर समूहबाट मोहन बहादुर बस्नेत, इमान सिह लामा, माधव प्रसाद भट्ट, विष्णुप्रसाद धिताल र सर्वसाधारण शेयर समूहबाट चन्द्रप्रसाद बास्तोला, कैलाश पतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ रहनेछन्। व्यवसायिक सञ्चालक पछि नियुक्त गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411