टेलिकमले शुरु गर्‍यो फोर जी सेवा, प्रिपेडमा नचल्ने

आईतवार, पौष १७, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले बहुप्रतिक्षित फोर जी इन्टरनेट सेवा आजबाट बिस्तार गरेको छ । तर तत्कालका लागि एनटीसीको पोष्टपेड सेवामा मात्र यो सुविधा प्रयोग गर्न पाइनेछ ।

आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले फोर जी सेवाको सुभारम्भ गरे ।

फोर जी सेवा सुचारु गर्नका लागि जिएसएम पोष्टपेड प्रयोगकर्ताले *४४४# डायल गर्नुपर्नेछ ।

टेलिकमले सुरु गरेको अत्याधुनिक इन्टरनेट सुविधाबाट काठमाडौं उपत्यका र पोखराका ३ लाख ५० हजार पोष्टपेड प्रयोगकर्ता लाभान्वित हुने टेलिकमले जानकारी दिएको छ ।

पहिलोपटक टेलिकमको फोर-जी सेवा आइतबारदेखि, तत्काल आइफोनमा नचल्ने

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411