एनसीसी बैंकले चारवटा बिकास बैंकलाई गाभेर आईतबार एकीकृत कारोबार शुरु गर्ने

शुक्रबार, पौष १५, २०७३ साल,
काठमाडौं । एनसीसी बैंकले चारवटा बिकास बैंकहरुलाई आफुमा गाभेर एकीकृत कारोबार गर्नेभएको छ । एनसीसीमा ईन्फ्रास्ट्रक्चर, ईन्टरनेशनल, सुप्रिम र एपेक्स डेभलपमेन्ट बैंक गाभिएको छ ।

राष्ट्र बैंकले गत मंसिर २० गते पाँच वटै संस्थालाई मर्जको अन्तिम स्वीकृति दिएको थियो कम्पनी रजिष्ट्रारले पुस १४ गते पाँच वटै बैंक एक भएको जनाउँदै एकीकृत कारोबारको स्वीकृति दिएपछि पुस १७ गतेदेखि संयुक्त बित्तीय कारोबार हुन लागेको हो ।

पाँच वटै बैंकको कारोबार एकीकृत गर्न र सफ्टवेयर मिलाउन पुस १५ र १६ गते पाँच वटै बैंकको शाखाहरु बन्द गरिने जनाईएको छ ।

एनसीसीमा गाभिदा एनसीसीको एकसय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो डीडीएबाट तय भएको थियो । मर्जबाट एनसीसी झण्डै ६ अर्ब चुक्ता पूँजी भएको बाणिज्य बैंक बन्दैछ ।

यही क्रममा आपसमा गाभिने संम्झोता गरेको कुमारी बैंक एकाएक मर्ज प्रक्रियाबाट बाहिरिएपछि बीचमा केही असजिलो महसुस गरिएको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411