टेलिकमले लगानिकर्तालाई ४७ प्रतिशत लाभांस प्रस्ताव

शुक्रबार, चैत्र ६, २०७१ साल,
काठमाडौं । नेपाल टेलिकमले गत बर्षको नाफाबाट ४७ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले चैत २७ गते गर्न लागेको बार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांस वितरण गर्ने छ । 
 
१५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमले लाभांस वापत सात अर्ब पाँच करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्ने छ । टेलिकमले गत आर्थिक बर्ष ११ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो ।
 
नेपाल टेलिकममा सरकारको ९१.५० प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत, सर्वसाधरणको ३.९७ प्रतिशत र कर्मचारीको साढे चार प्रतिशत सेयर छ । यो संरचना अनुसार सरकारको खातामा ६ अर्ब ४५ करोड सात लाख ५० हजार रुपैयाँ जानेछ।
 
वार्षिक साधरणसभाका लागि चैत १२ गतेदेखि चैत २७ गतेसम्म सेयर दाखिला खारेजको काम बन्द हुनेछ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411