१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा, ४ अर्ब रुपैयाँ फ्रिज हुने अवस्थामा

बिहीवार, मंसिर १६, २०७३ साल,
काठमडौं । देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ ।

एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि ४ अर्ब रुपैयाँ विनियोजन गर्ने शैक्षिक सुधार प्रतिवद्धता सार्वजनिक गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्णयमा भएको दरबन्दली कार्यान्वयन योजना समयमा अघि बढ्न सकेको छैन । मुलुकभर कतिपय विद्यालयको आधारभूत तहमा शिक्षक अभाव छ । सरकारकाले विनियोजित ४ अर्बबाहेक आधारभूत तहका शिक्षकको तलबका लागि नियमति रुपमा चालू आर्थिक वर्षमा ४७ अर्ब १९ करोड ७४ लाख विनियोजन गरेको छ । यसैगरी माध्यामिक तहका लागि १२ अर्ब ३९ल करोड ८ढ लाख छुट्टयाएको छ ।

प्रधानमन्त्रीको प्रतिवद्धता अनुसार मन्त्रालय र विभागले काम अगाडि बढाउन सकेका छैनन् ।  प्रतिबद्धतामा शिक्षकको आवश्यकता पहिचानका लागि जिल्ला शिक्षा कार्यालयमार्पत द्रूत सर्वेक्षण गरी संख्या यकिन हुनुपर्ने जनाइएको थियो ।

यसरी शिक्षक–विद्यार्थी अनुपात कम भई जगेडा देखिएका १० हजार प्रावि दरबन्दी माथिल्लो तहमा तत्काल समायोजन गर्ने र अपुग १३ हजार दरबन्दी सिर्जना प्रक्रिया सुरु गर्ने निर्णय भएको थियो । मन्त्रालयले प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार शिक्षक दरबन्दी र व्यवस्थापनको काम आंशिक तयारी रूपमा मात्र भइरहेको जानकारी दिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411