एनसेलको साधारण शेयर निश्काशनको तयारी

बुद्धबार, चैत्र ४, २०७१ साल,
काठमाडौं । नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो दुरुसंचार कम्पनी एनसेलले साधारण शेयर जारी गर्ने तयारी सुरु गरेको छ । टेलियासानेराले साधारण सेयर जारी गर्न कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने निर्णय गरिसकेको छ ।

साधारण सेयर निष्कासनबारे अध्ययन गर्न टेलियासोनेराका निर्देशक म्याथिअस होल्के, प्रमुख कार्यकारीका वरिष्ठ सल्लाहकार सालोमोन बेकले र व्यवस्थापन, प्रशासन तथा वित्तीय समूहका कानुनी सल्लाहकार ओला एस्पेलुन्डको टोली एक महिनाअघि नेपाल आएको थियो। पाँचदिने अध्ययनका क्रममा टोलीले सेयर निष्कासनबारे नियमन निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका अधिकारीसँग परामर्श गरेको थियो।

दूरसञ्चार नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गठन गरेको कार्यदलको सुझावअनुसार एनसेलले साधारण सेयर जारी गर्न लागेको हो। तर कति शेयर जारी गर्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको जनार्इएको छ । टेलियासोनेराको कार्यदलले सबै दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई पब्लिक लिमिटेडमा लैजान सुझाव दिएको थियो।

त्यसैअनुरुप एनसेलले सुरुमा आफैं अध्ययन गरी पत्राचार गरेपछि स्विडेनस्थित टेलियासोनेराबाट अध्ययन टोली आएको थियो।

एनसेलका प्रमुख कार्यकारी एरिम टाइलानलारले टेलियासोनेराका प्रतिनिधिले नेपाल आएर साधारण सेयर निष्कासनबारे अध्ययन गरेको पुष्टि गरे। हामी एनसेलको सेयर जारी गर्नेबारे खुला रूपमा छलफल गरिरहेका छौं, उनले भने, त्यसै क्रममा नेपालमा सेयर जारी गर्ने तयारीस्वरुप कम्पनीका प्रतिनिधि विस्तृत अध्ययन गर्न आएका हुन्। यहाँको बजार तथा आवश्यकताबारे विस्तृत जानकारी प्राप्त गर्न तथ्य बुझ्ने काम भइरहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411