मिरमिरे माईक्रो फाईनान्सको ६० हजार कित्ता साधारण शेयरको आबेदन आजबाट खुल्यो

बुद्धबार, चैत्र ४, २०७१ साल,
काठमाडौं । मिरमिरे माईक्रो फाईनान्सको ६० हजार कित्ता साधारण शेयरका लागि आजदेखि आबेदन खुलेको छ ।

काठमाडौ दरबारमार्गको ग्रोमोर मर्चेन्ट बैंकर निश्काशन तथा बिक्री प्रबन्धक रहेको सो कम्पनीको शेयरमा चैत्र ९ गतेसम्म आबेदन गर्ने समय तोकिएको छ । 

शेयरमा आबेदन गर्न चाहनेले ग्रोमोर मर्चेन्टको कार्यालय, दरबारमार्ग, मिर्मिरे माईक्रो फाईनान्स, गुडविल फाईनान्स, सिद्दार्थ बिकास बैंक, साझा बिकास बैंकका शाखा कार्यालयहरु र एनआईबीएल क्यापिटलको कार्यालय लाजिम्पाटमा नगद बुझाई आबेदन पत्र पेश गर्नसक्ने जनाईएको छ । शेयर न्युनतम ५० कित्तादेखि १००० कित्तासम्म आबेदन गर्न पाईन्छ ।

यस अघि जनउत्थान लघुवित्तले निश्काशन गरेको ९० हजार कित्ताको साधारण शेयरमा तीन सय ५५ गुणा बढी आबेदन परेकाले थियो । काभ्रेमा मुख्य कार्यालय रहेको यस लघुवित्तले दुई करोड चुक्ता पूँजी पुर्याउँन त्यसको ३० प्रतिशतले हुने शेयर निश्काशन गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411