माछापुच्छ्रे बैंकको ५० प्रतिशत हकप्रद निष्काशन गदै

बुद्धबार, मंसिर १, २०७३ साल,
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले आफ्नो चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो ।

बैंकले आउँदो मंसिर १९ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । माछापुच्छ्रे  बैंकको हाल ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

माछापुच्छ्रे  बैंकको संस्थापक शेयरधनीहरु ५१ प्रतिशत रहेको छ भने सर्बसाधारण शेयरधनीहरु ४९ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411