​नेपाल बैंकले कसरी बढ्यो १६२ प्रतिशत मुनाफा? प्रतिशेयर आम्दानी नै ७१ रुपैयाँ

मंगलवार, कार्तिक ३०, २०७३ साल,
काठमाडौ । नेपाल बैंकले पहिलो त्रैमासमा मुनाफा १६२ प्रतिशतले वृद्धि गरी १ अर्ब १६ करोड ६० लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा बैकले जम्मा ४४ करोड ४३ लाख रुपैंया मात्र कमाएको थियो ।

नेपाल बैंकले गत आर्थिक बर्षमा आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको झण्डै चार लाख कित्ता संस्थापक सेयर मध्ये तीन लाख ४० हजार कित्ता बिक्री गरी एक अर्ब १८ करोड रुपैयाँ गैरसंचालन आम्दानी गरेको थियो । 

६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा १ अर्ब ५३ करोड ४५ लाख रुपैंया रहेको छ । बैंकको खुद व्याज आम्दानीमा ६७.९५ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा २५२.२० प्रतिशतले बढेर ४७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकले निक्षेपमा ११.६८ प्रतिशतले वृद्धि गरी ८६ अर्ब २२ करोड रुपैयाँ संकलन गरी कर्जामा ६६ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ । यस त्रैमासमा बैंकले जोखिम व्यवस्थापन कोषमा १७ करोड ९३ लाख रुपैंया छुट्याएको छ भने ६ करोड ९५ लाख रुपैंया खराब कर्जाबाट उठाएको छ ।

बैंकको निस्क्रिय कर्जा ३.१० प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति १२.१२ प्रतिशत रहेको छ । बैंंकको प्रतिशेयर आम्दानी ७१.७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवथ १२३.६१ रुपैयाँ र तरलता अनुपात २४.२५ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411