एभरेष्ट बैंकले पहिलो त्रैमासमा ५१ करोड रुपैयाँ मुनाफा कमायो

सोमबार, कार्तिक २९, २०७३ साल,
काठमाडौं । एभरेष्ट बैंकले पहिलो त्रैमासमा खुद मुनाफा ५१ करोड ३४ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन अघिल्लो बर्षको तुलनाभन्दा ४१.३२ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ३६ करोड ३७ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले निक्षेपमा १७.१० प्रतिशतले वृद्धि गरी ८९ अर्ब १५ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ६९ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कर्जा ३५ दशमलव २९ प्रतिशतले वृद्धि हो ।

बैंकको खुद ब्याज आम्दानीमा ३८.०८ प्रतिशतले बढेर ९१ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा ४२.६७ प्रतिशतले बढेर ७६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ४ करोड ९७ लाख रुपैयाँ राखेको छ भने ३ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

२ अर्ब ७४ करोड २६ रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ राखेको छ ।

एभरेष्ट बैंकको प्रति शेयर आम्दानी ७७.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.५३ गुणा, प्रति शेयर नेटवर्थ ३३९.७३ रुपैयाँ र तरलता अनुपात ४०.२९ प्रतिशत रहेको छ ।

बैंकको निष्कृय कर्जा ०.३१ प्रतिशतले घटेर ०.३६ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १.५६ प्रतिशतले घटेर १३.२२ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411