​अप्पर बलेफी ‘ए’मा बैंकहरुको चार अर्ब ३५ करोड ऋण लगानी

आईतवार, कार्तिक २८, २०७३ साल,
काठमाडौं । ग्लोबल आइएमइ बैंकले अप्पर बलेफी ‘ए’ जलविद्युत आयोजनामा ऋण लगानी गर्न सम्झौता गरेको छ ।

आयोजनामा ग्लोबलका साथै एभरेष्ट, सानिमा, नेपाल एसबिआइ र एनआइडिसी डेभलपमेन्ट बैंकले ऋण लगानी गर्ने भएका छन् ।

३६ मेगावाटको उत्त आयोजनामा ऋण लगानी गर्न सम्झौता भएको हो । ६ अर्ब ८ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनामा चार अर्ब ३५ करोड रुपैयाँ बैंकहरुले ऋण लगानी गर्ने भएका छन् ।

हाल सिन्धुपाल्चोक जिल्लाको गोल्छे गाविसमा पावर हाउस निर्माण भईरहेको छ । २०७५ माघ महिनाभित्र आयोजनाको निर्माण कार्य सम्पन्न हुने बताइएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411