गोखार्ज फाइनान्सको नाफा ६ करोड ३५ लाख, खराब कर्जा १० प्रतिशत माथि

शुक्रबार, कार्तिक २६, २०७३ साल,
काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ६ करोड ३५ लाख रुपैयाँ नाफा गरेको छ ।

गत आवको सोही अवधिमा २८ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा फाइनान्सले २७ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । ठुलो समस्या आएपछि राष्ट्रिय स्तरको विकास बैंकबाट घटेर फाइनान्स बनेको हो । असोजसम्म बैंकले २ अर्ब ९५ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारसम्म ३ अर्ब २ करोड रुपैयाँ थियो । फाइनान्सको निक्षेप परिचालन घटेको छ । 

यस्तै पहिलो त्रैमाशमा २ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म फाइनान्सले २ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । यस्तै फाइनान्सको चुक्तापुँजी ५७ करोड ८६ लाख रुपैयाँ छ । फाइनान्सको खराज कर्जा अनुपात साढे १० प्रतिशत बढी छ । गत असारसम्म झण्डै १३ प्रतिशत रहेको खराव कर्जा केही घटेको छ । झण्डै ८३ प्रतिशत खराव ऋण व्यवस्थापनमा लगानी गरेको छ । फाइनान्सको खराव कर्जा अनुपात बढी भएपनि प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ९२ पैसा छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411