​रिलायबल माईक्रोफाइनान्सले पहिलो त्रैमासमा ३७ लाख रुपैयाँ नाफा कमायो

शुक्रबार, कार्तिक २६, २०७३ साल,
काठमाडौं । रिलायबल माईक्रोफाइनान्सले पहिलो त्रैमासमा खुद्मुनाफा ३७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १३ दशमलव ६६ रुपैयाँ घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ४३ लाख रुपैयाँ रहेको थियो ।

५ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी भएको रिलायबल माईक्रोफाइनान्सले जगेडाकोषमा २ करोड ५४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ सय २१ दशमलव ५२ प्रतिशतले वृद्धि गरी ९ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा १९ दशमलव ४० प्रतिशतले वृद्धि गरी ३८ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । माईक्रोफाइनान्सको खुद व्याज आम्दानी २६ दशमलव ७२ प्रतिशतले बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३ प्रतिशतले घटेर ५९ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा १३ लाख रुपैयाँ राखेको छ ।

रिलायबल माईक्रोफाइनान्सको निष्कृय कर्जा १ दशमलव ४६ प्रतिशत र जोखिम युत्त सम्पत्ति १७ दशमलव ८० प्रतिशत रहेको छ । जसको प्रतिशेयर २६ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५७ दशमलव ४८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४५ दशमलव १२ रुपैयाँ र तरलता अनुपात २० दशमलव ८० प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411