​साढे ११ अंकले घट्यो नेप्से, १७ करोडको कारोबार

सोमबार, चैत्र २, २०७१ साल,
काठमाडौं । सोमबार  ११.५४ अंकले घटेर नेप्से परिसूचक ७ सय ५९.१४ अंकमा ओर्लिको छ । आइतबार पनि नेप्से ७.७६ अंकले घटेको थियो ।

सोमबारको कारोबारमा होटल समुहबाहेक सबै समुहगत सूचकहरु घटेका छन । होटल समुहको सूचक भने ५.८३ अंकले घटेको छ ।

नेप्सेमा दुई तिहाइ हिस्सा भएको वाणिज्य बैंकको सूचक भने सोमबार ११.१९ अंकले घटेको छ । यो समुहको मात्रै ६ करोड ४१ लख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

त्यसैगरी, विकास बैंक समुहको १२.८६ अंकले, जलविद्युत समुहको १८.०५ अंकले, बीमा समुहको २०.८२ अंबले, वित्त कम्पनी समुहको १.३१ अंकले, उत्पादनमुल समुहको ०.०७ अंकले र अन्य समुहको सूचक १८.७९ अंकले घटेको एक्सेञ्जले जनाएको छ ।
सोमबार १ सय ४० कम्पनीका ४ लाख ५३ हजार कित्ता सेयर १७ करोड १३ लाख रुपैयाँमा किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411