नेप्से ७.७६ अंकले घट्यो, ११ करोडको कारोबार

आईतवार, चैत्र १, २०७१ साल,
काठमाडौं । साताको पहिलो दिन बजार ७.७६ अंकले घटेर ९७० को तहमा ओर्लिएको छ । सेयर बजार घटेसँगै कारोबार रकम उल्लेख्य घटेको छ ।
 
आइतबार जम्मा १० करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । १३१ कम्पनीको दुई लाख ९४ हजार ५६५ कित्ता सेयर किनबेच भएको छ ।
 
फाइनान्स र अन्य समूहको सुचकवाहके सबै समूहगत सुचकहरु ओरालो लागेको छ । बिमा ७५ अंक र जलविद्युत् १९ अंकभन्दा वढीले घटेको छ । 
 
बैंक पनि करिव आठ, होटल सात, विकास बैंक साढे पाँच अंकले घटेको छ । अन्य सुचक साढे तीन र फाइनान्स ०.३१ अंकले बढेको छ ।
 
एभरेष्ट बैंकको ९४ लाख, नेपाल लाइफ ४९ लाख ७० हजार, चिलिमे ४७ लाख ७१ हजार, प्रभु बैंक ४५ लाख, ओरेन्टल होलट ४२ लाख ५६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411