एमबीबीएसको शुल्क ३२ देखि साढे ६८ लाख

मंगलवार, असोज १८, २०७३ साल,
काठमाडौं । शुल्क पुनरावलोकन समितिले विश्वविद्यालय र मेडिकल काउन्सिलले तोक्ने सिट संख्याका आधारमा एमबीबीएसको शुल्क लिन सकिने व्यवस्था कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ ।

समितिले अधिकतम १ सय, १ सय १५, १ सय ३५ र १ सय ५० सिट निर्धारण भएमा कलेजले कति–कति शुल्क लिन पाउने भन्ने यकिन गरेको छ । सिट बढदा शुल्क कम हुनेछ भने घटदा शुल्क बढी हुने कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

समितिले नियमित, १० प्रतिशत छात्रवृत्ति, वैदेशिक वा अतिरिक्त शुल्कको कोटा छुट्टयाएर शुल्क सिफारिस गरेको छ । विद्यार्थी अध्ययन गराउन लाग्ने लागत नियमित शुल्क र व्यवसायीले नाफा कमाउने व्यावसायिक शुल्क गरी दुई किसिमबाट शुल्क निर्धारण गरिएको छ । सरकारले गत वर्ष एमबीबीएसको शुल्क सबैलाई ३५ लाख निर्धारण गरेको थियो । समितिको पछिल्लो सिफारिस कार्यान्वयन भएमा विद्यार्थीले कलेजअनुसार फरक शुल्क तिर्नुपर्ने छ ।

एक सय ५० सिट निर्धारण गरिएको कलेजमा नियमित शुल्क तिर्ने विद्यार्थीले ३२ लाख ३९ हजार ९ सय ५६ रुपैयाँमा एमबीबीएस अध्ययन गर्न पाउने छन् । यसका लागि ८५ सिट निर्धारण गरिएको छ । यसमा १५ जनाले छात्रवृत्तिमा अध्ययन गर्न पाउँछन् भने व्यावसायिक सिट ५० निर्धारण गरिएको छ ।

यो सिटमा स्वदेशी विद्यार्थीले अध्ययन गर्न चाहेमा ४८ लाख ५९ हजार ९ सय ३४ र विदेशी विद्यार्थीले ५१ लाख ८३ हजार ९ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । वैदेशिक वा नेपाली अतिरिक्त शुल्कतर्फका विद्यार्थीबाट मात्र लगानीकर्ताले प्रतिफल हासिल गरी लगानीको सुरक्षा र योगदानको प्रतिफल प्राप्त गर्नुपर्ने प्रस्ताव समितिले राखेको छ ।

एक सय ३५ सिट निर्धारण गरिएको कलेजमा नियमिततर्फ शुल्क तिर्ने विद्यार्थीले ३५ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । एक सय ३५ सिटमा नियमिततर्फ ७६ सिट छुट्टयाइएको छ । मेडिकल कलेजका लगानीकर्ताको लगानी सुरक्षित गर्न भन्दै ४५ सिट ‘व्यावसायिक सिट’ का रूपमा छुट्टयाइएको छ । यो सिटमा अध्ययन गर्ने स्वदेशीले ५३ लाख ८२ हजार र विदेशीले ५७ लाख ८१ हजार तिर्नुपर्ने हुन्छ । एक सय ३५ मध्ये १४ सिटमा छात्रवृत्तिमा अध्यापन गराउनुपर्ने हुन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411