​कुमारी बैंकले ३ विकास बैंक र १ फाइनान्सलाई खरिद गर्ने

सोमबार, असोज १७, २०७३ साल,
काठमाडौं कुमारी बैंकले तीन विकास बैंक र एक फाइनान्स कम्पनीलाई एक्वीजिसन गर्ने भएको छ। काष्ठमण्डप डेभलपमेन्ट, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई कुमारीले एक्वीजिसन गर्ने भएको हो।  
 
सो सम्वन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ। वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने नीतिअनुरुप बैंकले ति बैंक तथा फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो।
 
चार कम्पनी प्राप्तिपछि बैंकको शाखा संजाल, निक्षेप, कर्जा आदिमा बृद्धि भई थप उर्जा प्राप्त हुने विश्वास बैंकको छ। उक्त प्राप्तिपछि बैंकको शाखा संजाल ७४ पुग्ने छ भने कर्जा लगानी र निक्षेप क्रमश करिब ४० अर्ब र ५० अर्ब हुनेछ। 
 
कुमारी बैंकले चुक्ता पुँजी बृद्धि गर्नका लागि विद्यमान पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना अगाडि सारिसकेको छ। साथै गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर समेत वितरण गरी नेपाल राष्ट्र बैंकले दिएको निर्धारित समय सीमा भित्रै चुक्ता पुँजी पु¥याउने लक्ष्य लिएको बैंकले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411