बल लागेर घाइते भएका अष्ट्रेलियन क्रिकेटर ह्रयुजको मृत्यु

बिहीवार, मंसिर ११, २०७१ साल,
काठमाडौ, मंसिर ११ - अष्ट्रेलियन टेस्ट व्याट्सम्यान फिलिप हुग्सको उपचारको क्रममा मृत्यु भएको छ । २५ वर्षीय व्याट्सम्यान दुई दिनअघि सिड्नीमा भएको म्याचको क्रममा घाइते भएका थिए । खेलको क्रममा उनको टाउकोमा बल लागेको थियो ।

बल लागेर उनी खेलस्थलमै बेहोस भएर ढलेका थिए । अष्ट्रेलियन टोली चिकित्सक पिटर ब्रकनरका अनुसार उनको त्यसपछि होस खुलेन । उनी सिन अबोटको सर्ट पिच बल लागेर ढलेका थिए ।

अष्ट्रेलियन क्रिकेट प्मुख जेम्स सुथरल्याण्डले ह्रयुजको मृत्युले आफू स्तब्ध बनेको प्रतिक्रिया दिएका छन् । ुखेलमा दुर्घटना भइ नै रहन्छ तर यो अति नै ठूलो दुर्घटना हो ु, उनले भनेका छन् ।

सेन्ट भिसेन्ट अस्पताल पुर्याउनु अघि उनलाई चौरमै प्राथमिक उपचार गरिएको थियो । अस्पताल लगेपछि उनको मष्तिष्कको ९० मिनेट लामो शल्यक्रिर्या गरिएको थियो ।

अष्ट्रेलियम प्रधानमन्त्री टोनी अबोटले ह्रयुजलाई श्रद्धाञ्जली दिएका छ । ुउसको मृत्युले क्रिकेट र उसको परिवारको लागि होइन अष्ट्रेलियालाई समेत ठूलो क्षति पुगेको छु, प्रधानमन्त्रीले शोक विज्ञप्तीमा भनेका छन् ।

अष्ट्रेलियाबाट २६ टेष्टमा ४९ इनिङ खेलका ह्रयुजले एकहजार ५ सय ३५ रन बनाएका थिए ।       

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411