चीनबाट पाउने अवसर गुमाउने जोखिममा नेपाल

बुद्धबार, असोज ५, २०७३ साल,
केही दिनअगाडिको भारत भ्रमणका क्रममा उज्यालो बत्तीमाझ प्रचण्डको नामले लोकप्रियता कमाएका नेपाली प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग हात मिलाए

। ‘द हिमालय टाइम्स’ मा प्रकाशित तस्बिर हेर्दा उनी सावधानीका साथ हाँसेको देखिन्थ्यो । यो कोही एक्लिएको क्षण होइन । नेपाली सञ्चारमाध्यमहरूले लिएको धेरैजसो तस्बिरमा प्रचण्ड आफ्नो आँखाको परेलीलाई दुरुस्तै राखेको देखिन्थ्यो ।

पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारत गर्ने परम्परा तोडेर सबैलाई आश्चर्यचकित पारेका प्रचण्डमाथि चीन र नेपाल दुवै मुलुकका जनताले आशा पालेका थिए ।

उनले पहिलो पटक प्रधानमन्त्री हुँदा परम्परा तोडेर चीनको पहिलो भ्रमण गरेका थिए । यसको आठ वर्षपछि उनी कुनै समय भनिने गरेको जस्तो आक्रोशित देखिएका छैनन् । यसको सट्टा उनी राजनीतिक स्वार्थका लागि बढी लालायित भएको जस्तो देखिन्छ ।

यो पटकको भारत भ्रमणको समयमा पञ्चेश्वर आयोजना, भूकम्पपछिको पुनर्निर्माण र पूर्व–पश्चिम रेल्वे कार्यक्रमलाई उच्च तहको बैठकमा राखियो । यद्यपि चीनको बेल्ट एन्ड रोड इनिसियटिभले नेपाललाई पनि फाइदा पुग्न सक्ने कुरा मुख्य विषय हो ।

यो अवस्थामा जनताले सहयोग गर्न सक्दैनन् । तर, प्रचण्ड नयाँ दिल्लीसँगको मेलमिलाप खोजिरहेका छन् तथा कतै नेपालको अवस्था भारतले नियन्त्रण गरिरहेको त छैन भन्ने प्रश्न गर्न सक्छन् ।

जब प्रचण्डले मोदीको आतिथ्य प्राप्त गरे र भारतसँगको द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण अवस्थाको सुरु गरे, नेपालका पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल र चीनबीच हस्ताक्षर गरेको सम्झौता समयमै प्रयोगमा आउन सक्ने सम्भाव्यतामाथि चासो र चिन्ता बढ्न थालेको छ । प्रचण्डलाई चीनमा दूत पठाउनु बाहेकको अर्को विकल्प थिएन ।

    नेपाल र चीनबीचको सम्बन्ध नराम्ररी रोकिएको जस्तो देखिएको छ भने चिनियाँ नेताले गर्ने भनिएको नेपालको भ्रमण रद्द भएको भनिन थालेको छ । यो असामान्य अवस्था हो । बेइजिङ र काठमाडौंबीचको द्विपक्षीय सम्बन्ध धरमराएको र संवेदनशील अवस्थामा पुगेको जस्तो देखिएको छ । चीनले धोका दिएजस्तो महसुस गरिरहेको छ ।

जब नयाँ दिल्लीबाट आएको दबाबको सामना गर्न नेपाललाई बेइजिङको आवश्यकता प¥यो, नेपाल चीनसँग घुस्रियो र श्रृंखलाबद्ध महत्वपूर्ण सम्झौतामा हस्ताक्षर ग¥यो जसले नेपाललाई भारतमाथिको निर्भरता कम गर्न सहयोग गर्न सक्थ्यो ।

तर काठमाडौंप्रति भारतको धारणामा थोरै परिवर्तन आएर भारतले नेपाललाई केही प्रतिबद्धता जनाएसँगै नेपालका राजनीतिज्ञहरूले तत्काल चीनसँगको सम्बन्धलाई पछाडि धकेलेका छन् ।

यी राजनीतिज्ञहरूको व्यवहार बेइजिङ र नयाँ दिल्लीलाई सन्तुलनमा राख्ने आशय नभएको तथा भारतबाट नेपालमाथि परेको दबाबबाहेक नेपालका राजनीतिज्ञहरूको अल्पकालीन फाइदाको उद्देश्यले पनि बेइजिङ–काठमाडौंको सम्बन्धमा प्रभाव पारेको छ ।

यदि कुनै मुलुकको कूटनीति आफ्नो राष्ट्रिय स्वार्थमा आधारित भएर निर्माण भएको छ भने पनि यो लामो समयसम्म टिक्न सक्दैन । किनभने विदेशी नीतिहरू परिपक्व हुनका लागि नैतिकता, निष्पक्षता र एकताको आवश्यकता पर्छ ।

चीनले कहिले पनि भारत–नेपालबीचको सम्बन्धमा भाँजो हालेन । तर, नयाँ दिल्लीले भने नेपाल–चीनबीच सम्बन्धको प्रत्येक अवस्थामा हस्तक्षेप गर्दै आएको छ । जुनसुकै दृष्टिकोणबाट पनि बेइजिङ नेपालको विश्वास आर्जन गर्न चाहन्छ ।

संवेदनशील रूपमा बेइजिङसँग सम्बन्धको विकास गर्नुको सट्टा चीनलाई भारतसँग बार्गेन गर्ने साधनका रूपमा लिइनुले यसले आधारभूत रूपमै नेपालको स्वतन्त्रता र ख्यातिमा आँच आउँछ ।

सीमामा कुनै रक्षा बल नभएको र सन्देश आदान–प्रदानको धेरै माध्यम भएको नेपाल–भारतबीचको सम्बन्धको तुलनामा नेपालसँग चीनको सम्बन्ध त्यति राम्रो छैन । यदि बेइजिङ र काठमाडौंले तीनै पक्षबीच सन्तुलन कायम गर्न खोजे भने यी दुईले तत्काल सम्बन्ध स्थापित गर्नुपर्छ ।

    आजको नेपाललाई अवसरवाद होइन, स्पष्ट दृष्टिकोण र रणनीति भएका राजनीतिज्ञ आवश्यक छ । यस किसिमका राजनीतिज्ञले मात्रै चीनको ‘बेल्ट एन्ड रोड  इनिसियटिभ’को अवसर छोप्न सक्छ । यो नै नयाँ दिल्लीसँगको निर्भरता कम गर्ने माध्यम हुन सक्छ र नेपाललाई पूर्ण स्वतन्त्र मुलुकका रूपमा परिणत गर्न सकिन्छ ।

प्रचण्ड सन् २००८ मा यो मार्गबाट हिँडेका पनि थिए भने ओलीले यसमा रणनीतिक सुधारको विरासत कायम गरेका थिए । यद्यपि भारतबाट आएको दबाबका कारण प्रचण्डले यो प्रक्रियालाई अवरुद्ध पारेका छन् । के उनले आफ्नो सुरुको प्रतिबद्धता भुलेका हुन् रु जनताले यसको उत्तर पर्खेर बसिरहेका छन् ।

तर उत्तर जे भए पनि चीन यसबाट टाढै बस्नेछ । चीन–नेपालबीचको सम्बन्धमा काठमाडौँले सधैं नै  फाइदा लिन सक्छ । बेइजिङले पनि केही गुमाउनेछैन । तर, नेपालले कतै अवसर गुमाइरहेको त छैन भन्ने सोच्नु आवश्यक भएको छ ।

लेखक बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटीका इन्डियन स्टडिज सेन्टरका कार्यकारी निर्देशक हुन् । ग्लोबल टाइम्सबाट अनूदित, कारोबारबाट साभार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411