एनएमबी बैंकमा बिदेशी साझेदारले ९४ लाख कित्ता थप सेयर प्रिमियममा किन्ने, लगानी २०% पुग्ने

मंगलवार, असोज ४, २०७३ साल,
काठमाडौं । एनएमबी बैंकमा नेदरल्याण्डको साझेदार एफएमओ कम्पनीले २० प्रतिशत संस्थापक हिस्सेदारी कायम गर्न थप ९४ लाख कित्ता सेयर प्रिमियममा किन्ने भएको छ ।

एनएमबी बैंकले जनाए अनुसार एफएमओले एकसय रुपैयाँको फेसभ्यालुमा एकसय ५० रुपैयाँ प्रिमियम थप गरी सो सेयर किनेर २० प्रतिशत हिस्सा कायम गर्ने निश्चित भएको हो । 

एनएमबीले पाथिभरा, भृकुटी, क्लिन ईनर्जी र प्रुडेन्सियल फाइृनान्सलाई आफुमा गाभ्ने क्रममा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिंदा एफएमओले २० प्रतिशत हिस्सेदारी कायम गर्ने शर्त तोकिएको थियो ।

बैंकको २० औ साधारणसभाले सो प्रस्ताव पारित गरी संचालक समितिलाई अख्तियारी दिएकोमा बैंक संचालक समितिको बैठकले सम्झौता अनुमोदन गरेको जनाईएको छ । 

हाल एनएमबी बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रहेकोमा अब साढे पाँच अर्ब पुग्ने भएको छ भने प्रिमियम वापतको रकम जगेडा कोषमा जानेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411