​ १२ कक्षाको परिक्षाफल प्रकाशित, नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

सोमबार, भाद्र २७, २०७३ साल,

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ परीक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिए भने ८४ हजार ५ सय ९३ बिद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उत्तीर्ण भएका छन् । यो ३९.५९ प्रतिशत हो ।

गत वैशाख २० देखि सुरु भएको व्यवस्थापन, मानबिकी र शिक्षालगायत सबै समूहको नतिजा सार्वजनिक गरिएको हो । विज्ञान समूहको भने यसअघि नै परीक्षाफल प्रकाशन भइसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411