​सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर दिने

बुद्धबार, भाद्र २२, २०७३ साल,
काठमाडौं। सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ।

हाल ४ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बोनस शेयर वितरणपछि पुँजी ५ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ ।

गैरआवासी नेपालीहरुको लगानीमा सन् २००४ बाट राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा रहेको बैंक २०१२, फेब्रवरी यता राष्ट्रिय स्तरको वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411