सेञ्चुरी बैंकमा ​५ रुपैयाँको बचत खाता खोल्दा के के पाइन्छ सुविधा

बुद्धबार, भाद्र २२, २०७३ साल,
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता संचालनमा ल्याएको छ । 

बैंकले उक्त खातामा वार्षिक ३ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुतmानी गर्ने जनाएको छ भने ३५० रुपैयँमा डेबिड कार्ड र २ लाख रुपैयाँ सम्म निक्षेप सुरक्षण बिमा प्रदान गर्ने भएको छ ।

गत असार मसान्त सम्म बैंकले २८ अर्ब ९७ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा परिचालन गरेको छ । यसअवधिमा बैंकले ३८ करोड २६ लाख खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411