​कृषि विकास अन्तर-बैंक विद्युतीय भुक्तानी प्रणालीमा

बुद्धबार, भाद्र १५, २०७३ साल,
काठमाडौं । कृषि विकास अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गरेको छ। नेपाल क्लियरिङ्ग हाउस र बैंकबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र कृषि बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसिएचएल आईपिएस प्रणाली उपलब्ध गराउने छ। यस प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकको कुनै पनि खातामा भुक्तानी लेनदेन तथा कारोबार हुन्छ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले भदौ १ देखि यस उक्त प्रणाली संचालनमा ल्याएको हो। साथै अहिलेसम्ममा ग्राहकको रकम स्थानान्तरण, टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु सुरु भइसकेका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411