नेप्से साढे पाँच अंकले घट्यो, कारोबार रकम पनि १९ करोड ७४ लाख

बिहीवार, फागुन २८, २०७१ साल,
काठमाडौं । बुधबार सामान्य घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार ५.६२ अंकले घटेको छ ।
 
सेयर बजार सुचक घटेसँगै कारोबार रकममा पनि सिथिलता आएको छ । सुचक ९७८.४४ अंकमा ओर्लिएसँगै कारोबार रकम १९ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ ।
 
दिनभरीमा १५३ कम्पनीको सेयर कारोबार भएको छ । कुल पाँच लाख ७० हजार ३३० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 
 
बिहीबार चिलिमेको मात्र एक करोडमाथिको सेयर करोबार भएको छ । चिलिमेको एक करोड चार लाख रुपैयाँको किनबेच भएको छ । ९० लाख रुपैयाँभन्दा माथि युनाइटेड इन्स्योरेन्स, नेशनल हाइड्रो पावर र प्रभु बैंकको कारोबार भएको छ । 
 
बजार घट्दा पनि कसमस डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने काँक्रेविहार विकास बैंक, मातृभूमि डेभलपमेन्ट बैंक, कन्काइ विकास बैंकको सेयर मूल्य नौं प्रतिशतभन्दा वढीले उकालो लागेको छ । 
 
मूल्य घट्नेमा कर्णाली डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, सिद्धार्थ फाइनान्स, रिडि हाइड्रोपावर, रिलायवल डेभलपमेन्ट बैंक लगायत छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411