आजबाट एक बैंकमा खाता भएकाले अर्कै बैंकको काउण्टरबाट पैसा राख्न र झिक्न सक्ने, बैंकको नामावलीसहित

बुद्धबार, भाद्र १, २०७३ साल,
काठमाडौं । एक बैंकको रकम अर्को बैंकबाट राख्न तथा झिक्न सकिने सेवाको बुधबारबाट सुरुवात भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले भुक्तानी तथा फछ्र्यौट प्रणालीमार्फत अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको हो।

नेपाल क्लियरिङ्ग हाउसले भुक्तानी एंव ङ्खछयौट प्रणाली सम्बधित सेवामा नय“ आयाम थपिने गरि ५८ सदस्य बैंक वित्तीय संस्थाहरुको संलग्नतामा आजबाट औपचारिक रूपमा अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) को सुरुवात गरेको छ । 

उक्त प्रणाली मार्पmत आवद्ध सदस्य बैंक तथावित्तीय संस्थाहरुले एकअर्काको ग्राहकहरुका कुनै पनि खातामा सहजै रकमान्तरगर्न सक्नेछन् । यस प्रणालीमा सदस्यहरु बीच भुक्तानी दिने (Direct Credit)  र लिने (Direct Debit)  जस्ता प्रवृतिका कारोबारहरु गर्न सकिनेछ । पहिलो चरणमा ग्राहकको रकम स्थानान्तरण, ट्रेजरी पेमेन्ट र सरकारी पेमेन्ट कारोबारहरु यस प्रणालीबाट गर्न सकिनेछ भने बिस्तारै अन्य प्रडक्टहरु जस्तै यूटीलीटी बिल भुक्तानी, ईन्सुरेन्स प्रीमियम भुक्तानी, डिभिडेन्ट भुक्तानी, आइपीओको भुक्तानी, सामाजिक सुरक्षाभुक्तानी, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स आदि सेवाहरु चरणबद्ध रूपमा समावेश गरिनेछ ।

यस प्रणाली मार्पmत छिटो र सरल तरीकाले रकमान्तर गर्न सकिने, कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने र जोखिम न्यूनिकरण गर्न सकिनेछ । यस प्रणाली मार्पmत गरीने कारोबारले कागज रहितकारोबार गर्न प्रोत्साहनगर्नुका साथै भुक्तानीको प्रक्रियाको कार्य कुशलतामा समेत बृद्धि हुनेमा NCHL विश्वस्त छ ।

यस प्रणालीमा बैंक तथावित्तीय संस्थाहरु Direct Member को रुपमाआवद्ध रहनेछन भने गैर बैंकवित्तीय संस्थाहरु, सरकारी संगठनहरुतथा ठूला संस्थाहरु Indirect/ Technical Member को रुपमाआवद्ध हुन सक्नेछन् । ग्राहकले NCHL-IPS सेवा सदस्य बैंक वित्तीय संस्थाहरुमाफ्र्mत प्राप्तगर्न सक्नेछन् । हालसम्म NCHL-IPS प्रणालीमा कम्पनीले ५९ बैंक तथा वित्तीय संस्थाहरुलाई Direct Membe को रुपमा र ३ रेमिट कम्पनीहरुलाई Indirect Membe को रुपमा आवद्घ गरिसकेकोछ ।  

हाल संचालनमा रहेकोविद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) मा ११३ बैंक तथावित्तीय संस्थाहरुसहिततीनका २,७४९ शाखाहरु आवद्धरहेका छन् । 

एक अर्को काउण्टरबाट सेवा लिन सक्ने बैंकहरु 
 

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411