​राष्ट्रिय वाणिज्य बैंकको मुनाफा २ अर्ब ६४ करोड

सोमबार, श्रावन ३१, २०७३ साल,
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गतबर्ष २ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । मुनाफामा अघिल्लो बर्ष भन्दा तुलनामा ४२ दशमलव ९७ प्रतिशले कमी आएको हो । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ७३ करोड रुपैयाँ राखेको छ । बैकले निक्षेपमा १७ दशमलव ७४ प्रतिशतले वृद्धि गरी १ खर्ब ४६ अर्ब २० करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ८५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले गत वर्षको तुलनामा १३ दशमलव ३३ प्रतिशतले कर्जामा वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा २० दशमलव ७६ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४० दशलमव ६२ प्रतिशतले बढेर २ अर्ब ७ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले संभावित जोखिम वापत १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ राखेको छ भने संभावित जोखिम वापत फिर्ता १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ उठाएको छ ।

नियमित क्रियाकलापबाट आम्दानी ३६ दशमलव ५१ प्रतिशतले र बोनस तथा कर अघिको नाफा ३८ प्रतिशतले घटेको हुदा बैंकको मुनाफा पनि घटेको देखिन्छ । बैंकको निश्क्रिय कर्जा १ दशमलव ४ प्रतिशतले घटेर ३ दशमलव ९५ प्रतिशत रहेको छ भने पूँजीकोषमा जोखिम भारित सम्पत्ति १ दशमलव ०४ प्रतिशतले बढेर ११ दशमलव २० प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411