सेयर बजारमा ३१ करोड दुई लाख रुपैयाँको कारोवार नेशनल लाइफको मात्र साढे १० करोड

बुद्धबार, फागुन २७, २०७१ साल,
काठमाडौं । सुरुमा बढेर खुलेको बजार बीचमा घटेपनि पछि स्थिर भएर बन्द भएको छ । बुधबार सेयर बजार ०.३७ अंकले मात्र घटेर बन्द भएको छ । 
 
सेयर सुचक घटेपनि कारोबार रकममा सुधार आएको छ । दिनभरीमा १५१ कम्पनीका ३१ करोड दुई लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुल ६ लाख ९७ हजार ९०८ कित्ता सेयर किनबेच भएको छ ।
 
समग्र बजार घटेपनि बैंकिङ, उत्पादनमूलक र अन्य सुचक बढेको छ । सबैभन्दा वढी बिमा २१ अंक र होटल ९ अंकले घटेको छ । विकास बैंक, फाइनान्स, जलविद्युत सुचक पनि घटेका छन् ।
 
बुधबार नेशनल लाइफको १० करोड ४४ लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री भएको छ । युनाइटेड इन्स्योरेन्सको एक करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
बजार घट्दा पनि सिभिक, वागमति, एसियन लाइफ, ग्लोबल आइएमइ संस्थापकका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा नेपाल आवास, महाकाली विकास, रिलायवल डेभलपमेन्ट, भिवोर विकास बैंकका लगानीकर्ता छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411