​प्रमाणपत्र धितो राखेर एनएमबी बैंकले ऋण दिने

शुक्रबार, श्रावन २८, २०७३ साल,
काठमाडौं । एनएमबी बैंकले हिमालय इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययन गर्नेलाई प्रमाणपत्र धितो राखि ऋण उपलब्ध गराउने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ र एनएमबी बैंकका बीचमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने छात्रछात्रालाई प्रमाणपत्र धितो राखी शैक्षिक कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडल र कलेजका तर्फबाट अध्यक्ष विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

‘सीमित विद्यार्थीलाई मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउन सकिनेछ, अचल सम्पत्ति धितो राखेर सहुलियत दरमा ऋण लिएर पढ्न चाहने विद्यार्थीका लागि पनि सहज शैक्षिक कर्जाको व्यवस्था हुनेछ’ बैंकले शुक्रबार जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्झौताअनुसार शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशतसम्म यो योजनाअनुरुप सहुलियत ऋण लिन सकिनेछ। सामान्यतः ऋणको अवधि ४ वर्षको हुनेछ। अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को ४ वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्न सक्नेछ ।

४ वर्षपछिको किस्ताबन्दीसम्बन्धी सुविधा लिनका लागि बैंक र विद्यार्थीबीच अलग्गै सम्झौता गर्नुपर्नेछ। ब्याजदर विद्यार्थीको अवस्था हेरी ५ देखि ८ प्रतिशत हुने सम्झौतामा उल्लेख छ। एनएमबि बैंक राष्ट्र बैंकबाट क वर्गको मान्यताप्राप्त ८ वर्ष पुरानो वाणिज्य बैंक हो भने हिमालय कलेज अफ इन्जिनियरिङ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १६ वर्ष पुरानो शैक्षिक संस्था हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411