​सार्क राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखहरु द्विपक्षीय भेटवार्तामा व्यस्त

बुद्धबार, मंसिर १०, २०७१ साल,
काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले अठारौँ सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्षरसरकार प्रमुखसँगको भेटवार्ता सुरु गरेका छन् ।

होटल सोल्टीमा पुगेर प्रधानमन्त्री कोइरालाले उहाँहरुसँग द्विपक्षीय भेटवार्ता थालेका हुन्। दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुखसँगको भेटवार्ता शिखर सम्मेलनको नियमित प्रक्रिया एवं आकर्षण हो । यस्तो भेटघाटले दुई देशबीच रहिआएको सम्बन्धलाई नवीकरण गर्न र आपसी सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुग्ने गर्दछ ।

सोही क्रममा प्रधानमन्त्री कोइरालाले आफ्ना समकक्षी पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा कोइरालाले दुई देशबीचको सम्बन्ध, आपसी हित र सार्कलाई प्रभावकारी तुल्याउने सम्बन्धमा केन्द्रित रहेर छलफल गरेका थिए। भेटवार्तामा परराष्ट्रमन्त्री मेहन्द्रबहादुर पाण्डे, पूर्व उपप्रधानमन्त्री एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास बैरागीलगायत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु सहभागी थिए।



यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे, वंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र अफगानिस्तानका राष्ट्रपति महमद असरफ गनीसँग छुट्छुट्टै भेटवार्ता गरेका छन्। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411