कक्षा १२ को परीक्षाफल प्रकाशित, ७३.७७ प्रतिशत उर्तिण

आईतवार, श्रावन २३, २०७३ साल,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा आज सार्वजनिक गरेको छ । आइतबार बेलुकी बसेको बोर्डको परीक्षा समितिको बैठकले उक्त नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा ७३.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको उक्त परीक्षमा २८ हजार ९ सय ५२ जना पास भएको जानकारी परीक्षा नियन्त्रक सन्तोष अर्यालले दिएका छन् । गत वर्ष उक्त परीक्षामा ७१.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसैगरी आशिंक तर्फ विज्ञान र संस्कृत विषयका ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ९ हजार ८१ जनाले दिएको उक्त परीक्षामा ४ हजार ४ सय १४ जना पास भएका छन् । गत वर्ष आंशिक तर्फ ४४ प्रतिशत विद्यार्थी पास भएका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411