उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो

बुद्धबार, श्रावन १९, २०७३ साल,
काडमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लगेका छन् । जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ ।

शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२ ७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन ९सिएमएफएस० अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ । आजको नयाँ पत्रिका दैनिकबाट

काडमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले दुई अर्ब ३१ करोड रुपैयाँको क्षतिपूर्ति मागेको छ । यो रकम ठेकेदार कम्पनीले विमानस्थलको विस्तार गर्ने समयमा विभिन्न अवरोध आएकोले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आइतबार पर्यटन बोर्ड र विमानस्थलमा छुट्टाछुट्टै भएका कार्यक्रममा यो जानकारी दिएका हो । मन्त्री पोखरेलका अनुसार विमानस्थलको क्षमता विस्तार गर्न सन् २०१३ को माघ १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनी सान्चेज कन्स्ट्रक्टोरीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार काम हुन नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । यो कम्पनीले सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि ती वर्षको अवधिका जम्मा १६ प्रतिशत मात्रै काम गरेको छ । कम्पनीले जम्म ६ अर्बमा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

तीन वर्षको अवधिमा काम गर्न नसकेको जिम्मेवारी लिनुको साटो सरकारसँग उल्टै क्षतिपूर्ति मागेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411